गोरखा । नेपाली काँग्रेस गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा प्रदेश सभापतिमा दिनेश खनखवास निर्वाचीत भएका छन् ।
प्राप्त मत परिणाम अनुसार खनखवास संग प्रतिध्वन्दी रहेका सिजर भट्टलाई ६२ भोट अन्तरले बिजयी भएका हुन् । भट्टले १४३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसको आसन्न १४औं महाधिवेशनको क्रममा निर्वाचन तालिका अनुसार गोरखा काँग्रेसले मंगलबार ४ वटै प्रदेशको निर्वाचन सम्पन्न गरेको छ ।
मंगलबार जिल्लाको ४ स्थानमा भएको निर्वाचनमा निर्वाचन क्षेत्र १ को (क) मा खुनप्रसाद रेग्मी र (ख) मा ठाकुर भट्ट प्रदेश सभापतिमा चयन भएका छन् । (ख) का भट्ट भने निर्विरोध निर्वाचीत भएका हुन ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को (क) मा दिर्घमान गुरुङ (नारायण) बिजयी भएका छन् । गुरुङले आफ्ना प्रतिध्वन्दी भानुभत्त थापालाई पछि पार्दै जित हात पारेका थिए ।




















