गोरखा । गोरखामा मंगलबार गरिएको एन्टिजेन परिक्षणका क्रममा थप २ जनामा संक्रमण देखिएको छ ।
अजिरकोट गाउँपालिकामा ३२ जना महिला र ४३ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा २ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
मंगलबार अन्य स्थानमा गरी १०६ जनामा एन्टिजेन परिक्षण गरिएको थियो । मंगलबार साँझसम्म जिल्लाको ७ वटा स्थानिय तहमा गरी ९७ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।
जिल्लाको चुमनुब्री, बारपाक सुलिकोट, गण्डकी र शहिद लखन गाउँपालिका भने कोरोना संक्रमण मुत्त पालिका भित्र परेका छन् ।
मंगलबार सम्म सबै भन्दा धेर्र सक्रिय संक्रमत गोरखा नगरपालिकामा रहेको स्वास्थ्य कार्यालयले उपलब्ध गराएको रकर्ड देखिन्छ । गोरखा नगरपालिका भित्र मात्रै ३८ जना सक्रिय संक्रमित रहेका छन् ।





















