गोरखा । नेपाली काँग्रेस गोरखाको २ निर्वाचन क्षेत्रको ४ वटै प्रदेशको निर्वाचन सम्पन्न भएको छ ।
काँग्रेसको आसन्न १४औं महाधिवेशनको क्रममा निर्वाचन तालिका अनुसार गोरखा काँग्रेसले मंगलबार ४ वटै प्रदेशको निर्वाचन सम्पन्न गरेको हो ।
मंगलबार जिल्लाको ४ स्थानमा भएको निर्वाचनमा निर्वाचन क्षेत्र १ को (क) मा खुनप्रसाद रेग्मी र (ख) मा ठाकुर भट्ट प्रदेश सभापतिमा चयन भएका छन् । (ख) का भट्ट भने निर्विरोध निर्वाचीत भएका हुन भने (क) का रेग्मीले आफ्ना प्रतिध्वन्दी उत्तम अधिकारी र काजीराम अधिकारीलाई पछि पार्दै निर्वाचनमा जित हात पारेका हुन ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को (क) मा दिर्घमान गुरुङ (नारायण) बिजयी भएका छन् । गुरुङले आफ्ना प्रतिध्वन्दी भानुभत्त थापालाई पछि पार्दै जित हात पारेका थिए ।
त्यस्तै गरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा भने निर्वाचनको परिणाम सार्वजनिक हुन सकेको छैन । बुधबार बिहानबाट मात्र मत गणना कार्य थालीकोले केही बेरमा निर्वाचन परिणाम घोषण हुने नेपाली काँग्रेस गोरखाले जनाएको छ ।




















