गोरखा । गोरखाको ४ स्थानिय तहमा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित सबै एन्टिजेन परिक्षणमा देखा परेका हुन् ।
गोरखा अस्पताल, गोरखा र पालुङटार नगरपालिका र आरुघाट र अजिरकोट गाउँपालिका गरी सोमबार २६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
संक्रमण देखिएको गोरखा अस्पतालमा १ जना महिला र ५ जना पुरुष, गोरखा नगरपालिकामा ३ जना महिला र पालुङटार नगरपालिकामा २ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी आरुघाट गाउँपालिकामा १ जना पुरुष तथा अजिरकोट गाउँपालिकामा १२ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जानकारी दिएको छ ।
आज संक्रमण देखिनेमा १६ जना महिला र १० जना पुरुष रहेका छन् । सोमबार १०४ जना महिला र ८० जना पुरुषमा एन्टिजेन परिक्षण गराईएको थियो ।
आज संक्रमण देखिएका सहित संक्रिय संक्रमितको संख्या १०१ जना पुगेको कार्यालयले जनाएको छ ।




















