गोरखा । गोरखा प्रहरीले गएको २ सातामा ५५ फरार अभियुत्त पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका मध्ये ३ दर्जन भन्दा बढी सार्वजनिक मुद्वाका फरार अभियुत्त रहेका छन् ।
विभिन्न न्यायिक निकाय बाट कैद तथा जरिवाना फैसला भएर लुकिछिपी बस्दै आएका ५५ फरार अभियुत्तलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए । ‘१४ दिनमा हामीले सार्वजनिक अपराधमा सजाय भएका ३८ फरार अभियुत्तलाई पक्राउ गर्न सफल भएका छौ’ प्रनाउ दाहालले भने ।
फरार अभियुत्त मध्ये सार्वजनिक मुद्वामा सजाय तथा जरिवाना भएका ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सम्वन्धीत निकायमा बुझाएको छ ।
त्यस्तै गरी बैकिङ कसुरका २ जना, बन मुद्वाका ३ जना, सरकारी कागज किर्ते गर्ने १ जना, लागू औषध मुद्वाका ३ जनालाई पनि पक्राउ गरी कैद भूक्तान तथा जरिवाना गर्न सफल भएको प्रहरीले जनाएको छ ।
यता चोरी सम्वन्धी कसुरका ४ जना, सवारी ज्यान मुद्वाका २ जना, शिक्षा सम्वन्धी कसुरका १ जना र नकबजनी चोरी मुद्वाका १ जनालाई पनि गोरखा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
पक्राउ परेका ५५ अभियुत्तबाट १० लाख ६१ हजार ३३३ रुपैयाँ असुल गरिएको र १ बर्ष ३ महिना ६ दिन कैद भूक्तानका लागी गोरखा जिल्ला अदालतले गोरखाले कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रकाश दाहालले बताए ।




















