साँकेतिक तस्बिर
गोरखा । पोखराको मझुवा भन्ने स्थानबाट गोरखा घ्याल्चोकका १ जना यूवकलाई गाँजा सहित पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ३२ मझुवाबाट १ किलो ५०० ग्राम अवैध लागूऔषध गाँजा सहित गण्डकी गाउँपालिका ७ घ्यालचोक बस्ने २६ वर्षीय मनोज रोक्कालाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।
काठमाण्डौंबाट पोखरातर्फ जादै गरेको ग.२ ख १२९ नम्बरको सवारीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा रोक्काको साथबाट उक्त परिमाणको गाँजा फेला परे पछि पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेको रोक्कालाई लागु औषध मुद्वा दर्ता गरी थप अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।




















