गोरखा । गोरखा बोर्लाङका एक युवक ललितपुरको सातादोबाटोबाट लागू औषध ब्राउन सुगर सहित फक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका १४ सातदोबाटो सोभाहिटी चोकबाट करिब २०० ग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद १ लाख ५५ हजार रुपैयाँ सहित सोही भिमसेन थापा गाउँपालिका ७ बोर्लाङ घर भएका २८ वर्षीय गणेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले अधिकारी सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको ललितपुर प्रहरीले जनाएको छ ।
बा.१० च ३३०९ नम्बरको गाडीमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई ब्राउन सुगर सहित फेला पारी गाडीका चालक समेत ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




















