गोरखा । गोरखाको २ स्थानिय तहमा आज गरिएको एन्टिजेन परिक्षण्(ाका क्रममा थप २ जनामा संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल र आरुघाट गाउँपालिकामा गरी २० जनामा एन्टिजेन परिक्षण गर्दा आइतबार २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
संक्रमण देखिएको गोरखा अस्पताल र आरुघाट गाउँपालिकामा १०–१० जना महिला र पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १–१ जना महिलामा संक्रमण देखिएको छ ।
आइतबार सम्म जिल्लाको ७ स्थानिय तहमा ७८ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।





















