साँकेतिक तस्बिर
गोरखा । गोरखाको च्याङलीमा आज आँखा जाँच शिविर सम्पन्न भएको छ । शिविरमा जाँच गर्ने मध्ये २५ जनाको मोतियाँ बिन्दु देखिएकाले अप्रेशन गनुपर्ने देखिएको छ ।
नेपाल नेत्र हिन संघको आयोजनामा च्याङली स्वासथ्य चौकीमा आइतबार भएको आँखा जाँच शिविरमा ७४ जनाले आँखा जाँच गराएको स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब भरतराज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार शिबिरमा जाँच गरेका मध्ये २५ जनामा मोतियाँ बिन्दु देखिएका कारण अप्रेशनको लागि शिफारीस गरिएको छ ।
शिबिरमा ३६ जना महिला र ३८ जना पुरुषले आँखा जाँच गराएको नेपाल नेत्रहिन संघ गोरखाले जानकारी दिएको छ ।




















