काठमाण्डौं । भोइस अफ नेपाल सिजन ३ कि सेमी फाइनलिस्ट प्रतियोगी अफ्रिता खड्गीको पहिलो अफिसिएल म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक भएको छ ।
यस गीतमा शब्द, संगीत हाल इजरायलमा रहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको रहेको छ । गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।
गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ । भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बालकलाकार समृद्धि र सौरभको समेत अभिनय समावेश छ ।
कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियोलाई इसाक जबेगुले छायांकन गरेका हुन् । सहायक छायाँकार धिरेन तुम्बापो लिम्बु रहेका छन् । भिडियोमा संजु थलाङको मेकअप रहेको छ । हाङ चेम्जोङको निर्देशनमा भिडियो तयार पारिएको हो ।
ुराज लिम्बु अफिसिएलु मार्फत भिडियो सार्वजनिक भएको हो । साथै छिट्टै मेल भर्सनमा समेत सार्वजनिक हुने तयारी रहेको बताइएको छ । निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन म्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।




















