गोरखा । शनिबार गोरखाको सिरानचोक गाउँपालिकामा थप १० जनामा संक्रमण पुष्टी भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराबाट प्राप्त २५ जना महिला र ३० जना पुरुषको पीसीआर नजिता प्राप्त हुदा १० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये ४ जना महिला र ६ जना पुरुष रहेका छन् ।
शनिबार अन्य पालिकाको कुनै पनि नजिता प्राप्त हुन नसकेको कार्यालयले जनाएको छ । यो सहित जिल्ला भित्र शनिबार साँझ सम्म ७८ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।





















