गोरखा । गोरखा आज बिद्युत आपुर्ति बन्द हुने भएको छ ।
आँबुखैरनी—गोरखा खण्ड अन्तरर्गतको बिद्युत लाईन मुनीको रुख कटान गर्नुपर्ने भए पछि ११ घण्टाका लागी बिद्युत आपुर्ति बन्द हुने गोरखा बितरण शाखाले जनाएको छ ।
शाखाले एक सूचना नै जारी गर्दै शनिबार बिहान ७ बजे देखी साँझ ५ बजे सम्मका लागी सदरमुकामबाट बितरण हुने सबै बिद्युत सेवा अबरुद्घ हुने जनाएको हो ।
शाखाले आँबुखैरेनी देखी गोरखा बजार सम्मको ३३ केभिए बिद्युत प्रशारण लाईन मुनी तथा वरपर रहेका रुख तथा हाँगाबिगाहरु कटान तथा छटान गर्नुपर्ने भएका कारण बिद्युत आपुर्तिमा बाधा हुने जनाएको छ ।
शाखाले तोकिएको समय भन्दा अगावै काम सम्पन्न भएको खण्डमा तत्कालै लाईन सुचारु गर्ने पनि नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रले जनाएको छ ।




















