गोरखा । गोरखामा आज थप २६ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये पीआर तर्फ ५ जना र एन्टिजेन तर्फ २१ जना रहेका छन् ।
गोरखा र पालुङटार नगरपालिका तथा धार्चे, अजिरकोट र सिरानचोक गाउँपालिकामा गरी शुक्रबार २६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये पीसीआर तर्फ सिरानचोक गाउँपालिकामा २ महिला र ३ पुरुष गरी ५ जना र एन्टिजेन तर्फ गोरखा नगरपालिकामा ५ जना महिला र १० जना पुरुष, पालुङटार नगरपालिकामा १ जना महिला, धार्चे गाउँपालिकामा १ जना महिला र ३ जना पुरुष तथा अजिरकोट गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएका सहित जिल्लाको ८ स्थानिय तहमा सक्रिय संक्रमितको संख्या ७१ जना पुगेको छ ।





















