गोरखा । गोरखामा मानव अधिकार जिल्ला समन्वय समिति गठन गरिएको छ । समितिको संयोजकमा जिल्ला समन्वय समितिका गोरखामा प्रमुख अशोककुमार गुरुङ अध्यक्ष चयन भएका छन् ।
बिहिबार सदरमुकाममा भएको एक भेलाले गुरुङको अध्यक्षतामा जिल्लाको भित्रको स्थानिय तहमा प्रमुखहरु र अन्य संघ संस्थाको प्रतिनिधीत्व हुने गरी ३२ सदस्यीय जिल्ला समन्वय समितिको गटन गरेको छ ।
नेपालमा नै जिल्ला स्तरीय समन्वय समिति यो पहिलो भएको अध्यक्ष गुरुङ बताए । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयको समन्वयमा गठित समितिमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, भिमसेन थापा गाउँपालिका, शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिका प्रमुख सदस्य रहने ब्यवस्था गरिएको छ ।
त्यस्तै गरी समितिको सदस्यहरुमा नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना, गैसस महासंघ, पत्रकार महासंघ, बार एशोसियशन तथा अन्य सरोकार वाला संघ संस्थाहरुको प्रतिनिधीत्व रहने समितिले जनाएको छ ।
गठित समितिले जिल्ला भित्रको मानव अधिकारको बिषयमा काम गर्ने बताईएको छ ।




















