गोरखा । गोरखामा आज २ स्थानिय तहमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल र पालुङटार नगरपालिकामा ५२ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रम बिहीबार ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
संक्रमण देखिएको गोरखा अस्पतालमा ३–३ जना महिला र पुरुषमा संक्रमण देखिएको छ भने पालुङटार नगरपालिकामा १ जना महिलामा संक्रमण देखिएको हो ।
आज संक्रमण देखिएका सहित गोरखाको ८ स्थानिय तहमा ५० जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।





















