गोरखा । गोरखामा आज ४ जनामा एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण देखिएको छ ।
गोरखा नगरपालिकामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १–१ महिला र पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । आज संक्रमण देखिएका सहित गोरखामा सक्रिय संक्रमितको संख्या ५४ पुगेको कार्यालयले जानकारी दिएको छ ।
पछिल्लो २ हप्ता गोरखामा कोरोना संक्रमितको संख्यामा कमी आएको भएता पनि कोरोना संग मिल्दो जुल्दो लक्ष्यण भएका बिरामीहरु गाउँगाउँमा देखिन थालेको छ ।
निषेधाज्ञा खुकुलो हुनु र मानिसको चलहपहल बढे संगै गाउँगाउँमा त्यस्ता लक्ष्यण भएका बिरामीहरुको संख्यामा बृद्वि हुन थालेको छ । तर कुनै पनि पालिकाले सर्व साधारणको स्वास्थ्य परिक्षणमा ध्यान दिएका छैनन ।
पछिल्लो समय सिराचोकमा पनि त्यस्तै लक्ष्यण भएका बिरामीहरुको संख्यामा उल्लेखीय मात्रामा बढेको भन्दै बुधबार ४८ जना महिला र ४७ जना पुरुषका स्वाब संकलन गरेर प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा पठाएको स्वास्थ्य शाखाले जनाएको छ ।





















