गोरखा । गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले आफुले दवाब, रबाफ र प्रभावमा कुनै पनि काम नगर्ने बताएका छन् ।
भर्खरै मात्र गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आएका आचार्यले आज पत्रकारहरु संगको भेटघाट कार्यक्रममा कानुन र कार्यबिधि भित्र रहेर काम गर्न आफु प्रतिबद्ध रहेको भन्दै कसैको दवाव, रवाफ र प्रभावमा परेर कुनै पनि काम नगर्ने बताएका हुन् ।
उनले प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लामा रहदासम्म जिल्ला भित्र हुने अबैध उत्खनन तथा ओसारपोसार कार्यलाई रोक्ने भन्दै ‘अबैध उत्खनन र ओसारपोसारले राजस्वमा ठूलो नोक्सानी पुरयाउछ, प्रजिअ आचार्यले भने, ‘त्यस्ता अबैध कार्यलाई रोकथाम गर्न म लाग्नेछु ।’
जिल्लाको बिकास निर्माणमा आफुले समन्यात्मक भूमिका खेल्ने भन्दै उनले तिनवटै तहका सरकार बिचको समन्व्य गरेर अघि बढ्ने बताए ।
पजिअ आचार्यले पत्रकारहरु संग संबिधान कानुन र आचार संहितामा तोकिएका बाहेक जिल्ला भित्र हुने गरेको बिभिन्न गतिबिधिहरुको सूचना लिनेदिने कुरामा आफु स्पस्ट रहेको भन्दै जिल्ला प्रसासन कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।




















