गोरखा । गोरखाको गगटेघाटबाट रातको समयमा प्रहरीले ४७ साल सालको अवैध गोलिया सहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
गोरखा नगरपालिका ३ को गगटेघाटबाट गोरखा प्रहरीले मंगलबार राती ८ः३० बजे काठको गोलीया सहित ग.१ त ६८९५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बिशेष सूचनाको आधारमा प्रहरी उत्त स्थानमा पुग्दा काठ ओसार पसार गर्ने समूह भागेको थियो ।
गोरखा प्रहरीले उत्त स्थानबाट ४७ थान सालको गोलिया, २ थान आरा र २ थान बञ्चरो समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले बताए ।
बरामद सबै सामाग्री बुधबार डिभिजन बन कार्यालय गोरखामा आवश्यक कारवाहीका लागी बुझाईएको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
तस्बिर जिल्ला प्रहरी कार्यालय गाेरखा




















