काठमाण्डौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको ‘केवल तिमी भित्रै’ बोलको नयाँ म्युजिक सार्वजनिक भएको छ ।
४ वर्ष अघि स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको स्थापना दिवसको अवसर पारेर भर्चुअल रुपमा एक कार्यक्रम आयोजना गरि बरिष्ठ गायक उदय सोताङ र गायिका मनीला सोताङ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
यस गीतमा गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको युगल गायन रहेको छ ।
गीतमा शब्द पदम साधना कुलुङको रहेको छ । चन्द्र श्रेष्ठले संगीतवद्द गरेको यस गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा युवा पुस्ता माझ लोकप्रिय मोडल कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त फिचर्ड छन् । मनि के राई को कोरियोग्राफी रहेको यस भिडियोलाई विनोद विनिरजरा राईले छायांकन र सम्पादन गरेका हुन् ।
चक्र पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘एसएसओजी अफ़िसिएल’ युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।




















