साँकेतिक तस्बिर
मनाङ । गोरखाका ७ जनाको सामुहिक हत्या गर्ने मनाङका अभियुक्तहरु कैदबाट छुटेका छन् ।
गोरखाबाट यार्सागुम्बा संकलन गर्न लागि विसं २०६६ असार २६ गते मनाङमा आईपुगेका मध्ये ७ जनाको सामुहिक हत्या गर्ने नार्पाभूमि गाउँपालिका (साविक नार गाविस)का ५ जना अभियुत्त हालै छुटेको मनाङ कारागार प्रशासनले जनाएको छ ।
जेल मुत्त भएकाहरुमा नार्पाभूमि गाउँपालिका ५ का सोनाम लामा, छो सोनाम लामा, कर्मा वाङ्गेल लामा, नङ्गा धावा लामा र ङिमा छवाङ लामालाई बाँकी कैद मिनाहा गर्दै कैदमुक्त गरिएको कारागार प्रशासनले जानकारी दिएको छ ।
संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भोगी रहेको उनिहरुको चालचलन राम्रो भएको भन्दै कारागार प्रशासनको सिफारिसमा बाँकी कैद मिनाह गरिएको जेलर गणेश न्यौपानेले जानकारी दिए ।
अभियुत्तहरुले अदालतले तोकेको कैद सजाय आधा सजाय भुक्तान गरिसकेको पनि कारागार प्रशासनले जनाएको छ ।




















