साँकेतिक तस्बिर
गोरखा । गोरखा सदरमुकाममा श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले उनको श्रीमतीलाई पक्राउ गरेको छ ।
गोरखा नगरपालिका ७ को बतासे स्थित पौवा खेत भन्ने स्थानका ६० बर्षकी चन्द्रबहादुर बिकको हत्या गरेको आरोपमा प्रहरीले मंगलबार उनकी श्रीमती ५५ बर्षकी माइली बिकलाई पक्राउ गरेको हो ।
प्रहरीको विश्वस्त स्रोतले दिएको जानकारी अनुसार सोमबार साँझ खाना खाएर सुतेका चन्द्रबहादुर बिहान मंगलबार बिहान अबेरसम्म पनि नउठेको र परिवारका सदस्यले उठाउन जाँदा मृत भेटिएको भन्ने जानकारी प्रहरीले पाए पछि प्रहरीले अनुसन्धानका लागी उनीको श्रीमतीलाई नियन्त्रणमा लिएको छ ।
मृतकलाई उनकै श्रीमतीले घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको र बुधबार दिउसो पक्राउ परेकी महिलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ ।
पक्राउ परेकी माइलीले आफुले श्रीमानको घाँटी थिचेर हत्या गरेको स्विकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ ।
हत्याका कारण भने खुल्न बाँकी रहेको छ ।




















