गोरखा । गोरखाको बिरेनचोचका आज बस दुर्घटना हुदा ३ जना घाईते भएका छन् । गोरखा नगरपालिका ११ बिरेन्चोकमा बुधबार बिहान यात्रुबाहक बस दुर्घटनामा परेको हो ।
गोरखा सदरमुकामबाट आँबुखैरेनी तर्फ आउदै गरेको ना. ३ ख ८०९० नम्बरको बस दुर्घटनामा परि ३ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय गोरखा जनाएको छ ।
घाइतेहरुको अबस्था सामान्य रहेको कार्यालयले जनाएको छ । बाटो काट्न लागेकी १ जना महिलालाई जोगाउन क्रममा बस अनियन्त्रित भएर सडक छेवैमा रहेको बिद्युत पोलमा ठोकिएको एक स्थानियले बताए ।
बस सडकको पोलमा ठोकीएका कारण ठूलो दुर्घटना हुनबाट टरेको छ ।




















