गोरखा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले पालुङटार नगरपालिकामा बिभिन्न १० बुदेँ माग राखेका छन् ।
महिला संघ क्रान्तिकारीले स्वास्थ्य संस्था र शिक्षण संस्थाको हाता वरपर धुम्रपान, मद्यपान तथा जुवातास निषेधित क्षेत्र घोषणा गर्नुपर्ने भन्दै प्रमुख प्रशासकिय अधिकृतलाई माग पत्र पेश गरेका हुन् ।
माग पत्रका माध्यामिक तहसम्म किशोरी मैत्री बातावरण बनाउन, किशोरीलाई आरामकक्षका साथै शौचालयको व्यवस्था तथा सेनेटरी प्याडको सहज उपलब्धता गराउन पनि अनेम संघले गरेका छ ।
नगरपालिका भित्र रहेका बिधालयहरुमा एक जना स्टाफ नर्सको व्यवस्था गर्न, आमाको नामबाट नागरिकता प्राप्त गर्ने सहज बाताबरण सिर्जना गर्न, छोरा सरह छोरीलाई पनि पैत्रिक अधिकारको व्यवस्था लागू गर्न र छोरीका लागि जन्मेपछि खाताको व्यवस्था गर्न पनि अनेम संघले भनेको छ ।
माग पत्रमा माध्यामिक तहसम्म निशुल्क शिक्षाको व्यवस्था लागू गर्न माग गर्दै नगरपालिकाले लैङगिक उत्तरीदायी बजेट १० प्रतिसत व्यवस्था गरि जनचेतना, तालिम, सिपसिकाई, आदीमा प्रयोग गर्नुपर्ने, नगरपालिकालाई महिला हिंसामुत्त पालिका घोषणा गर्नुपर्ने, नगरपालिका भित्रका सवै गर्भवती महिलाहरुलाई अस्पतालमै सुत्केरी गराउने व्यवस्था गर्नुपर्ने जस्ता माग नगरपालिका संग अनेम संघले गरेको छ ।
महिलाहरुको एक टोलीले माग पत्र प्रस्तुत गर्दै नगरपालिकाभित्र आपतकालिन सुरक्षीत गृहको स्थापन गर्नुपर्ने तथा हिसां पिडित महिलालाई नगरपालिका स्थित न्यायिक समितिबाट तत्काल न्याय दिने व्यवस्था मिलाउनुपर्ने पनि माग गरेका छन् ।




















