गाेरखामा सञ्चालित ट्याक्सीहरु
गोरखा । कालो प्लेटका सवारी साधान हुदाहुदै पनि रातो प्लेटका निजी सवारीले यात्रु ओसार पसार गरेको भन्दै ट्याक्सी ब्यवसायीले बिरोध गरेको छ ।
जिल्लाको मनकामना यातायात सेवा प्रालीले नीजि प्रयोजनका रातो प्लेटका सवारी साधानले यात्रु ओसारपोसार गरेको भन्दै बिरोध गरेको हो ।
प्रालिमा आबद्ध व्यवासायी र चालकहरुले निजी सवारी साधानले यात्रु बोक्ने क्रम नरोकिएको भन्दै ट्याक्सीमा ‘रातो प्लेट भाडाको गाडी होईन, यात्रु बोक्न पाईँदैन’, ‘प्रयोजन बिपरित यात्रु बोक्नेलाई कारवाही गर’ भन्ने जस्ता पर्चा टाँसेर बिरोध सुरु गरिएको प्रालिका अध्यक्ष सुरेन लामिछानेले बताए ।
‘हामीहरुले पटक पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रसासन कार्यालयलमा यस बारेमा जानकारी गराएको भएतापनि सुनुवाई नभएको’ भन्दै अध्यक्ष लामिछानेले ‘हाम्रो माग सुनुवाई नभए आन्दोलनको थाल्ने’ बताए ।
अध्यक्ष लामिछानेका अनुसार लामो समय कोरोना संक्रमणका कारण ट्याक्सी व्यवसायीहरु मारमा परेको र बल्लतल्ल यातायात सुचारु भएपनि प्रयोजन बिपरित नीजि सवारी साधानले भाडामा यात्रु बोक्दा व्यवसायी साथीहरु धरासायी बनेको बताए ।
गोरखा सदरमुकाम तथा सदरमुकाम भन्दा बाहिरबाट पनि खुलमखुल्ला रुपमा प्रयोजन बिपरितका सवारीले यात्रु बोक्ने गरेको समितिले जनाएको छ ।
यातायात ब्यबस्था कार्यालय कास्कीले रुट जारी भएका सवारी साधनले कानुनी प्रक्रिया पुरा गरेर कालो प्लेट मात्र भाडामा चल्न पाउने र रातो प्लेट नपाउने बताउँदै सुचना जारी गरेको भएता पनि गोरखा सदरमुकाम र वरपर रहेका दर्जनौ निजी सवारीले भाडामा यात्रु ओसार पसार गर्ने गरेको छ ।




















