काठमाण्डौं । कभर गीत र ओर्जिनल गीतहरु मार्फत दर्शक स्रोताको मन जित्न सफल गायक मनोज थापा मगरको स्वर, संगीतमा समावेश यो माया होइन र’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा गायक मगरलाई बेलायत निवासी गायिका पारु राईले स्वरमा साथ दिएकी छिन् ।
गीतमा गायिका राईको शब्द रहेको छ भने गायक मनोज थापा मगरको संगीत र संगीत संयोजन रहेको छ ।
बेलायतका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राईको अभिनय देख्न सकिन्छ ।
त्रिकोणात्मक प्रेमकथामा आधिरित यस गीतको म्युजिक भिडियोमा समाजको यथार्थ प्रस्तुत गरिएको छ ।
आकर्षक तरिकाले प्रस्तुत गरिएको भिडियोलाई कुशल श्रेष्ठले छायांकन र निर्देशन गरेका हुन् । गायक थापा मगरको आधिकारिक च्यानल ुमनोज थापा मगरु मार्फत भिडियो सार्वजनिक भएको हो ।
हाल बेलायतमा रहेकी गायिका, गीतकार तथा मोडल राईले दर्शक, स्रोता तथा मिडिया हाउसलाई यो गीतको भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन् ।




















