गोरखा । जिल्लाको २ स्थानिय तहमा आइतबार थप ८ जनामा संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल र धार्चे गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ४–४ जना महिला र पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा ५ जना महिला र १८ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा २ जना महिला र १ जना पुरुष तथा धार्चे गाउँपालिकामा १३ जना महिला र १८ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा २ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ ।
आइतबार ८ जनामा संक्रमण देखिए संगै जिल्लाको ७ स्थानिय तहमा सक्रिय संक्रमितको संख्या ४९ जना पुगेको कार्यालयले जानकारी दिएको छ ।
जिल्लाको भिमसेन थापा, अजिरकोट, बारपाक सुलिकोट र चुमनुब्री भने कोरोना संक्रमण मुक्त पालिका भित्र परेका छन् ।





















