गोरखा । गोरखाको विभिन्न क्षेत्रमा काम गर्दै आएको ५ जनालाई नेपाल सरकारले विभिन्न विभूषण, मानपदवी र पदक दिने निर्णय गरेको छ ।
संविधान दिवशका अवशरमा आज जिल्लाका ५ जनालाई सरकारले बिभूषण, मानपदवी तथा पदक प्रदान गर्ने निर्णय गरेको हो ।
पदक पाउनेको नाम सार्वजनिक भए अनुसार गोरखा नगरपालिका ६ पाटेचौरका समाजसेवी एवं जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठलाई जनसेवा श्री पदकले प्रदान गरिएको छ ।
त्यस्तै गरी भीमसेन थापा गाउँपालिका ३ का शिक्षाबिद् मेदिनीबहादुर लामिछानेलाई प्रवल जनसेवाश्री पदक प्रदान गरिने निर्णय भएको छ । ।
पदक पाउने ५ जना मध्ये मरणोपरान्तमा ३ जना रहेका छन् । मरणोपरान्त अन्तरर्गत सरकार–माओवादी युद्व (जनयुद्धमा) राज्यपक्षबाट मारिएका सुरेश वाग्ले (बासु) र कमला भट्टलाई मरणोपरान्त प्रवल जनसेवा श्री प्रदान गरिएको छ । त्यस्तै गरी नेपाली काँग्रेसका दलसिंह कामीलाई पनि मरणोपरान्त जनसेवा श्री पदक दिने निर्णय सरकारले गरेको छ ।
स्वर्गीय कामी नेपाली काँग्रेसबाट पूर्व राष्ट्रिय सभाका सदस्य रहेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा उनीहरुलाई विभूषणबाट सम्मान गर्न लागेकी हुन् ।
सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९०३ जनाको नाम रहेको छ ।




















