काठमाण्डौं । सरकारले संविधान दिवसका नेपालकै सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ ।
स्व.भट्टराईले २०४७ सालको संविधान जारी गर्नुका साथै निर्वाचनसमेत गराएका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पु¥याएका भट्टराई नेपाली राजनीतिमा सन्त नेताका रूपमा चिनिन्छन ।
त्यसैगरी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व.सुर्वणशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव मान–पदवी प्रदान गरिने भएको छ ।
महाउज्ज्वल राष्ट्रदीप पदकबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राजनीतिज्ञ स्व. तुल्सीलाल अमात्य, स्व.मङ्गलादेवी सिंह र मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. दुर्गानन्द झा र स्वर सम्राट नारायण गोपाललाई प्रदान गरिने भएको छ ।




















