काठमाण्डौँ । कमेडी च्याम्पियन–२ को उपाधि भरतमणि पौडेलले जित हात परेका छन् ।
चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा पौडेलले उपाधि जित्न सफल भएका हुन् । कार्यक्रममा प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गरेको थियो ।
पौडेलले विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै उपाधि हात पारेका हुन् । पौडेलले पूर्व युवराज पारस शाहको अभिनय गरेर निकै चर्चित भएका थिए ।
ताप्लेजुङ घर भएका पौडेलले राजनीतिक व्यंग्यहरू गरेर शोमा चर्चा कमाएका थिए ।
बिक्की अग्रवाल पहिलो उप विजेता बने भने गोरखाका सन्तोष थापा दोस्रो उप विजेता बनेका छन् ।
उपाधिसँगै भरतमणीले २५ लाख र कार पुरस्कार पाएका छन् ।
पहिलो उपविजेता अग्रवाल पुरस्कारमा टिभिएस अपाचे बाइक पाएका छन् भने गोरखाका सन्तोष थापाले टिभिएस स्कुटी पुरस्कार पाए ।




















