कतार । पूर्व प्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले देश बिकासका लागी राजनितिक दल र पार्टी भन्दा माथी उठेर लाग्नुपर्ने धारणा ब्यत्त गरे ।
गोरखा सेवा समाज कतारको आयोजनामा शनिबार ‘राष्ट्र निर्माण र राष्ट्रियता बिकाशमा प्रवासीको भुमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.भट्टराईले विदेशमा रहेका सबै नेपालीले राजनितिक दल र पार्टी भन्दा माथी उठेर देश बिकासमा लाग्नुपर्ने धारणा ब्यत्त गरेका हुन् ।
भट्टराईले ‘हाम्रो देश प्राकृतिक श्रोत र साधनले धनि भएता पनि आर्थिक, सामाजिक र सास्कृतिक रुपले अत्यन्तै कमजोर भएको’ भन्दै ‘देश र राष्ट्र बिकास तथा समृद्ध नेपाल बनाउने हो भने हामिले राजनितिक दल र पार्टी भन्दा माथी उठेर देशको सर्वोपरि हितमा लाग्नु पर्ने’ बताए ।
उनले ‘ नेपालमा जल, जमिन र जङ्गललाई सहि सदुपयोग गरि औद्योगिक क्षेत्र, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र जलविद्युत जस्ता क्षेत्रमा लगानी गर्न’ सुझाउदै ‘तपाईंहरुले बिदेशमा बसेर आर्जन गरेका ज्ञान, सीप र धनलाई नेपाल मै लगानी गर्नु भयो भने देशले मनग्य आम्दानी गर्न सक्ने र देशले बिकास र समृद्धिमा छ्लाङ मार्ने र सुशासनको ब्यवस्था आउन सक्ने’ धारणा राखे ।
कार्यक्रममा सहभागी पालुङ्टार नगरपालिका प्रमुख ई.दिपकबाबु कडेलले संस्थाले गर्दै आएका विभिन्न सामाजिक कार्यको खुलेर प्रशंसा गर्दै आगामी दिनमा स्थानीय सरकारको साथ र सहयोग रहने धारणा ब्यक्त गरे ।
भर्चुअल कार्यक्रममा संस्थाका प्रमुख संरक्षक बुधबल गुरुङ्गले अहिलेको यो विषम परिस्थितिमा प्रवासा नेपालीहरुले स्थानीय निकायको प्रशासनिक कानुन, योजना र प्रवासीहरुलाई हेर्ने दृष्टिकोण जान्न र बुझ्न चाहेको बताए ।
संस्थाका अर्का संरक्षक श्रीकृष्ण भट्टराईले राष्ट्र निर्माणमा प्रवासीको अहम भुमिका रहेको भन्दै लगानीको जिम्मेवारी राज्यले लिनुपर्ने बताए ।
संस्थाका प्रमुख सल्लाहकार राकेश श्रेष्ठले गोरखा सेवा समाज कतारले आफ्नो जिल्लाको अनाथ असहाय बालबालिका, वृद्धवृद्धा र जिर्णोदार अबस्थामा रहेको भौतिक संरचनाहरुमा सहयोग पुर्याउने उद्देश्यले निर्माण गरिएको अक्षयकोषबाट राहत कार्यक्रमहरु ल्याएको जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद कतारका उपाध्यक्ष सागर पौडेल र बाग्लुङ सेवा समाजका अध्यक्ष सन्तोष पौडेलले गोरखा सेवा समाज कतारले आफ्नो छुट्टै पहिचान दिएको बताए ।
कार्यक्रम गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्रीको अध्यक्षतामा भएको थियो ।




















