काठमाण्डौं । नेकपा माओबादी केन्द्र गण्डकी गाउँपालिका–काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षमा पवन बयलकोटी सर्व सम्मत चयन भएका छन् ।
गोरखाको गण्डकी गाउँपालिका घर भई काठमाण्डौंमा बिभिन्न पेशा तथा व्यवसायमा आबद्ध माओबादी केन्दमा आस्था राख्नेहरुलाई समेटेर मञ्च गठन गरिएको हो ।
शनिबार आयोजित एक कार्यक्रमबाट उपाध्यक्षमा जापान गुरुङ, सचिवमा रवि पन्त, सह–सचिव सुजन परियार, कोषाध्यक्ष ईश्वर गुरुङलाई चयन गरिएको जनाइएको मञ्चले जनाएको छ ।
भेलामा नेकपा माओबादी केन्द्रका बरिष्ट नेता नारायणकाजी श्रेष्ठ (प्रकाश), पार्टीका केन्द्रिय सदस्य चुणामणी खड्का (प्रकाश), केन्द्रिय सदस्य लेखनाथ न्यौपाने लगायतका नेताहरुको सहभागिता रहेको थियो ।




















