गोरखा । नेकपा माओवादी केन्द्र निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी)गोरखाको अध्यक्षमा विष्णु पाण्डे चयन भएका छन् ।
शुक्रबार गोरखा सदरमुकाममा सम्पन्न भएको संगठनको २०औं जिल्ला सम्मेलनबाट पाण्डेलाईअध्यक्षमा सर्व सम्मच चयन गरिएको हो ।
संगठनको उपाध्यक्षमा रमा श्रेष्ठ, मिलन सुनार र सन्दिप सुनार निर्वाचित भएको अखिल (क्रान्तिकारी)ले जानकारी दिएको छ । त्यस्तै गरी सचिवमा सुलभ अम्गाई, कोषाध्यक्षमा सुस्मिता दवाडी र सह–सचिवमा अनिष अर्याल र सुवर्ण देवकोटा चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संयोजक हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले ७५ जनाको कमिटी गठन गरेको छ ।
कार्यक्रममा संगठनका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका संयोजक क्षितिज सापकोटा, नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज कृष्ण धिताल, गोरखा जिल्ला अध्यक्ष लेखवहादुर थापा, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसंयोजक राजन आलेमगर लगायत पार्टी र विधार्थी केन्द्रीय तथा जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।




















