गोरखा । गोरखामा आज ९ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ३ जना संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल र आरुघाट गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणका क्रममा शुक्रबार ३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा १–१ जना महिला र पुरुष तथा आरुघाट गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
शुक्रबार ३ जनामा संक्रमण देखिए संगै जिल्लाको ८ स्थानिय तहमा अझै पनि ४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।





















