काठमाण्डौँ । ‘किन मायामा’ बोलको गीतमा एकसाथ सहकार्य गरेर स्रोताको मन जित्न सफल गीतकार गोपाल लोहार, गायक किरण गजमेर र संगीतकार वसन्त सापकोटा फेरि एकपटक ‘एकै छिन’ बोलको गीत लिएर दर्शक स्रोता माझ ल्याएका छन् ।
युवा युवतीको बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा गायिका मेलिना राईको समेत स्वर सुन्न सकिन्छ । गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ । प्रभात पाल ठकुरी र कविता न्यौपाने अभिनित यस भिडियोको छायांकन गोदावरीमा गरिएको हो ।
श्याम तामाङ्गले छायांकन गरेको भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो । गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।




















