गोरखा । गोरखाको २ स्थानिय तहमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल र शहिद लखन गाउँपालिकामा ५ जना महिला र १४ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा बिहीबार थप ३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आज संक्रमण ेदखिएका मध्ये गोरखा अस्प्तालमा २ जना पुरुष र शहिद लखन गाउँपालिकामा १ जना महिला रहेका छन् ।
बिहीबार संक्रमण देखिएका सहित गोरखाको ८ स्थानिय तहमा ४७ जना सक्रिय संक्रमित बाँकी रहेको कार्यालयले जानकारी दिएको छ ।





















