गोेरखा । नेकपा माओबादी केन्द्र निकट अनेरास्वबियू क्रान्तिकारीको गोरखा नगरपालिका स्तरीय सम्मेलन सम्पन्न भएको छ ।
नेकपा माओबादी केन्द्र गोरखाको पार्टी कार्यालयमा भएको सम्मेलनले हितमान तामाङको अध्यक्षतामा ७५ सदस्सीय अखिल क्रान्तिकारी नगर कमिटि गठन गरेको संगठनका जिल्ला इन्चार्ज रामकृष्ण भट्टले जानकारी दिए ।
नवगठित कमिटीको उपाध्यक्षमा दिपेन्द्र उप्रेती, रिता थापामगर, देव भट्टराई, सचिवमा बिनिता मग्राती, सह सचिवमा बिनोद उपरकोटी र कोषाध्यक्षमा ममता रोकालाई चयन गरिएको छ ।
सम्मेलनको उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्नुहुदै नेकपा माओबादी केन्द्र गोरखाका जिल्ला इन्चार्ज कृष्ण धितालले बिधार्थी संगठन पार्टीको निर्माणको मूल आधार भएको भन्दै युवाहरुलाई बैचारिक र राजीनितक ढंगले संगसगै अगाडी बढन आग्रह गरे ।




















