गोरखा । नोबल कोरोना भाइरसका कारण आज गोरखाको २ स्थानिय तहमा थप ३ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा र पालुङटार नगरपालिकामा गरी बुधबार ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये प गोरखा नगरपालिकामा १–१ जना महिला र पुरुष र पालुङटार नगरपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
आज स्वास्थ्य निर्देशनालयबाट प्राप्त १ जना महिला र १२ जना पुरुषका पीसीआर रिर्पोट प्राप्त भएको र जिल्लाको विभिन्न स्थानिय तहमा १६ जना महिला र १५ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको कार्यालयले जनाएको छ ।
आज संक्रमण देखिएका सहित जिल्लाको ८ स्थानिय तहमा ६१ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाकै चुमनुब्री, बारपाक सुलिकोट र भिमसेन थापा गाउँपालिका भने कोरोना शून्य पालिका भित्र पर्न सफल भएका छन् ।





















