गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज जिल्लाको २ स्थानिय तहमा ५ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा अस्पताल र शहिद लखन गाउँपालिमा गरी मंगलबार ५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा २–२ जना महिला र पुरुष र शहिद लखन गाउँपालिकामा १ जना महिलामा संक्रमण देखिएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार आज गोरखा अस्पतालमा १७ जना महिला र २८ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो भने धार्चे गाउँपालिकामा १ जना महिला र ११ जना पुरुष र शहिद लखन गाउँपालिकामा १–१ जना महिला र पुरुषमा एन्टिजेन परिक्षण गराईएको थियो ।
मंगलबार सम्म जिल्लाको ८ स्थानिय तहमा ६२ जना सक्रिय संक्रमित रहेको र चुमनुब्री, बारपाक सुलिकोट र भिमसेन थापा गाउँपालिका कोरोना शुन्य गाउँपालिका भित्र परेका छन् ।





















