मनाङ । गोरखा घर भएका एक ब्यत्ती मनाङमा मृत्त फेला परेका छन् ।
गोरखा जिल्ला गण्डकी गाउँपालिका २ घर भई हाल मनाङको निस्याङ गाउँपालिका ५ सब्जे स्थित स्याउ फार्ममा काम गरि बस्ने ४३ बर्षका क्षेत्रबहादुर गुरुङ मृत्त फेला परेको मनाङ प्रहरीले जनाएको छ ।
उनको मृत्त शरिर निस्याङ गाउँपालिका ४ को मस्र्याङदी नदि किनारमा घोप्टो अवस्थामा फेला परेको हो ।
मृत्त ब्यत्तिको बिषयमा स्थानियले जानकारी गराए पछि गएको प्रहरी टोलीले सोधखोजका क्रममा उनी गोरखाको भएको पत्ता लागेको प्रहरीले जानकारी दिएको छ ।
यही २६ गते अर्थात शनिबार देखी सम्र्पक बिहीन भएका गुरुङको मृत्त शरिर मंगलबार १२ः०० बजे स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए ।




















