गोरखा । पालुङटार नगरपालिकाको ५ का वडा अध्यक्षले नगरापालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका छन् ।
वडा अध्यक्ष दिपक पाण्डले शाखाले शिक्षक सरुवा प्रक्रियाको लागि बनेको कार्यविधी मिचेर काम गरेको भन्दै शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।
बरिष्टता तथा क्षमतालाई नहेरी मनलाग्दी तरिकाले आफ्ना नाता गोता र राजनितीक आस्थाका आधारमा छनोट शिक्षकको सरुवा गरेको वडाध्यक्ष पाण्डेले बताए । ‘शिक्षक सरुवामा निष्पक्षता हुन सकेन’ उनले भने ‘त्यसैले त्यो प्रक्रियालाई सच्चाउन तालाबन्दी गर्नु परेको हो ।’
पाण्डेले शक्तीको आडमा राजनितीक रुपमा दलका झण्डा बोक्ने, आफ्ना आसेपासे, गुणगान गाउनेहरुलाई संरक्षण गर्दै राम्रा भन्दा पनि हाम्रा मान्छे भर्ती गरेको भन्दै आक्रोस ब्यत्त गरे ।
उनले नगरपालिकामा धेरै बेथितीहरु रहेको भन्दै अब बिस्तारै ति सबै कुराको भण्डाफोर गर्ने बताए ।




















