गोरखा । पूर्व प्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका बरिष्ठ नेता डा.बावुराम भट्टराईले एमसीसी राष्ट्रीय हितमा भएकोले सहमती कायम गरेर लागु गनुपर्नेमा जोड दिए ।
गृह जिल्ला गोरखा आएका उनले पत्रकारहरु संग कुरा गर्दै एमसीसी बिशुद्व अनुदान सहयोग सम्झौता भएकोले राष्ट्रिय सहमती कायम गरी परियोजना लागु गनुपर्नेमा जोड दिएका हुन ।
पार्टी कार्यकता भेलामा सहभागी हुन आएका डा.भट्टराईले पत्रकारहरु संग कुरा गर्दै दलगत राजनिती र दलभित्रका पनि गुटीय राजनितका कारण एमसीसी गिजोलिएको भन्दै धेरै देशमा एमसीसी जस्ता अनुदानका सम्झौता हुने गरेको बताए । ‘सन्धी सम्झौतामा विवाद बढी भएको हुदाँ राष्ट्रिय सहमती जुटाउन सहज हुन्छ भन्ने हिसाबले मात्र संसदबाट पारित गर्ने कुरा हामी आफैले गरेको हौ’ डा.भट्टराईले भने ।
उनले भू राजनिती द्वन्दको बाछिटाले एमसीसी पेचिलो भएको भन्दै ‘भारत संग सहयोग लिदा चीन र अमेरिकी पक्षले भित्र भित्रै उक्साईदिने, चीन संग सहयोग लिन खोज्दा भारत र अमेरिकी पक्षले उक्साई दिने र अमेरिका संग लिन खोज्दा चीन र भारतपक्षले उक्साई दिने’ गरेको भन्दै ‘यस्ता कारणले गिजोलिएर जन स्तर सम्म भ्रम र किताबन्दी हुन पुगेको’ उनले बताए ।
उनले एमसीसी राष्ट्रिय हितमा उपयोगी हुने गरेर राष्ट्रिय सहमती कायम गरेर लागु गर्नुमा नै नेपालको हित हुने धारणा राखे ।
अध्यादेशको प्रकृया पुरा हुनासाथ मन्त्री मण्डलले पूर्णता पाउने
कुराकानीका क्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिदै डा.भट्टराईले ‘मन्त्री मण्डल बिस्ता नहुदा गठबन्ध सरकारको विश्वस्नियता माथी नै प्रश्न उठेको छ’ भन्दै ‘केही समय अगाडी जारी भएको राजनैनिक दल सम्बन्धी अध्यादेशको प्रकृया पुरा हुनासाथ मन्त्री मण्डलले पूर्णता पाउने’ बताए ।
जो चोर उसैको ठुलो स्वर
पत्रकारहरुले नेकपा एमालेले संसद अवरुद्व गर्दै आएको बिषयमा प्रश्न गर्दा ओली प्रति लक्षित गर्दै ‘जो चोर उसैको ठुलो स्वर’ भएको बताए । डा.भट्टराईले ‘केपी ओली जसले संसदलाई दुई दुई चोटी विघठन गरेर प्रतिगमन कारी हर्कत गरेको’ आरोप लगाउदै ‘उनले पुनःस्थापित जनताको बलमा र सर्बोच्चको फैसला अनुसार पुनःस्थापित भएको संसदलाई उनले अबरोध गर्नु भनेको त हिजोको प्रतिशोध साध्नु उनको उपाय मात्र भएको’ आरोप लगाए ।
‘निहु त अनेक खोज्न सकिन्छ तर त्यो सोभनिय होइन । एमालेले जुन प्रकारको हर्कत गरिरहेको छ, त्यो अत्यन्त अशोभनिय, असंसदी, अलोकतान्त्रिक’ भएको भन्दै डा.भट्टराईले ‘यसलाई छिटो अन्त्य गरिनु पर्ने र त्यसका निम्ती राजनितिक दलहरुले पनि प्रतिष्ठाको बिषय बनाउनु भन्दा संबाद मार्फत हल गर्नु उपयुत्त हुने’ धारणा राखे ।




















