काठमाण्डौँ । गीतकार तथा फिल्म निर्मात्री अनु शाहको शब्दमा रहेको ‘देखे जब उनीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा स्वर लोकप्रिय गायक जगदीश समालको रहेको छ । नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।
रोमाण्टिक भर्सनको यस गीतको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो । म्युजिक भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । जय्सन फोटोग्राफी र बीबी लामिछानेले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । राजन उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो ।
ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।




















