गोरखा । गोरखामा आज २३ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ११ जनामा संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल, पालुङटार नगरपालिका र धार्चे गाउँपालिकामा शुक्रबार थप ११ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
शुक्रबार विभिन्न स्थानिय तहमा ११ जना महिला र १२ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणको क्रममा ३ जना महिला र ८ जना पुरुषमा संक्रमण देखिएको छ ।
संक्रमण देखिएकाहरुमा गोरखा अस्पतालमा १ जना पुरुष, पालुङटार नगरपालिकामा २ जना महिला र १ जना पुरुष तथा धार्चे गाउँपालिकामा १ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको छ ।
आज थप ११ जनामा संक्रमण देखिए संगै गोरखामा सक्रिय संक्रमितको संख्या बढेर ६२ जना पुगेको कार्यालयले जनाएको छ ।





















