गोरखा । नेपाली काग्रेस गोरखाको पार्टी कार्यालय गोरखा सदरमुकाममा नेपाल मस्लिम संघले धर्ना दिएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै संघले जिल्ला पार्टी कार्यालयमा धर्ना दिएको मुस्लिम संघले जनाएको छ ।
सबै जाति, क्षेत्र, पिछडिएको वर्ग, लिंग, अल्पसंख्यकहरुको प्रतिनिधि गर्ने विधान हुँदाहुँदै पनि निर्देशिका निर्माण गर्दा जनसंख्यालाई अधार बनाए मुस्लिम लगायत पिछडिएको वर्गको १४ औं महाधिवेशनको आन्तरिक निर्वाचनमा प्रतिनिधित्व कटौती गर्ने काम भएकोले धर्ना बस्न बाध्य भएको नेपाल मुस्लिम संघ राष्ट्रिय कार्यसमितिका सचिव रहमतुल्ला मियाँले जानकारी दिए ।
सबै क्षेत्रमा प्रतिनिधित्व सुनिश्चितताको माग गर्दै दबाब स्वरुप धर्ना बसेको उनले बताए ।
प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र, महाधिवेशन प्रतिनिधि तथा सबै तहमा प्रतिनिधिको सुनिश्चितताको माग गर्दै शुक्रबार बिहान १० बजेबाट १२ बजेसम्म संघले पार्टी कार्यालयमा धर्ना दिएको हो ।




















