गोरखा । गण्डकी प्रदेशका प्रहरी प्रमुख दिवेश लोहनीले आज जिल्ला प्रहरी कार्यालय गोरखाको निरिक्षण भ्रमण सम्पन्न गरेका छन् ।
गोरखा आएका लोहनीले बिहिबार जिल्ला प्रहरी कार्यालय गोरखा र मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।
प्रमुख लोहनीले जिल्ला प्रहरी कार्यालय गोरखाको निर्माणाधिन भवनहरुको निरीक्षण गरेका थिए भने गोरखा प्रहरीले गरेको कामहरुको बिषयमा प्रहरी उपरिक्षक खनालले जानकारी गराएका थिए ।





















