गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज गोरखाको ३ स्थानिय तहमा ११ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा अस्पताल, आरघाट र शहिद लखन गाउँपालिकामा थप ११ जनामा संक्रमण देखिएका स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्राप्त २१ जना महिला र २४ जना पुरुष गरी ४५ जनामा ७ जना र जिल्ला भित्रको विभिन्न स्थानमा गरिएको १३ जना महिला र ८ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा ४ जना संक्रमण देखिएको छ ।
संक्रमण देखिएका मध्ये पीसीआर मार्फत आरुघाट गाउँपालिकामा ३ जना महिला र ४ जना एन्टिजेन परिक्षणका क्रममा गोरखा अस्पतालमा ३ जना पुरुष र शहिद लखन गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
बुधबार ११ जनामा संक्रमण देखिए संगै जिल्ला भित्र सक्रिय संक्रमितको संख्या ५२ पुगेको छ ।





















