गोरखा । जिल्लाको सिरानचोक गाउँपालिका निवासी खुशीमान गुरुङ मृत्त अवस्थामा फेला परेका छन् ।
आफन्तको घरमा बस्दै आएका गुरुङ आफ्नै घर जान्छु भनी मंगलबार साँझ ७ः३० बजे हिडेको भएता पनि घरमा नआईपुगेको भन्ने प्रहरीमा खबर प्राप्त हुना साथ खोजतलास गर्दा बुधबार उनको मृत्त शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गुरुङको शव सिरानचोक गाउँपालिका १ र २ को सिमानामा रहेको सार्दी खोला किनारको अन्नपुर्ण भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको कार्यालयले जनाएको छ ।




















