गोरखा । नेकपा एमाले गोरखा जिल्ला कमिटिको बिस्तारित बैठकले नेकपा एकिकृत समाजबादी पार्टीमा लागेका पूर्व एमाले नेता कार्यकतालाई कारवाही गरेको छ ।
बैठकले एमाले छोडेर नेकपा एकिकृत समाजबादीमा लागेको नेताहरु विश्वेश्वर कट्टेल सहितका १२ जनालाई कारवाही गरेको जनाएको छ ।
कारवाहीमा पर्नेहरुमा टेकराज भट्ट, सानुमाया बस्नेत, नारायणध्वज खड्का, कल्पना कुँवर, सिताराम बुढाथोकी, अमृत काराखेती, द्रोणाचार्य तिमल्सिना, प्रदिपसिंह क्षेत्री, इश्वरी भट्ट समेत परेका छन् ।
त्यस्तै गरी एमाले गोरखाले समाजबादी पार्टीमा लागेका जनप्रतिनिधि कल्पना नेपाली र शिरबल बरामुलाई पनि कारवाही गरेको छ ।
यस अघि नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष यादव बस्नेतलाई यस अघि नै समानान्तर कमिटि गठन गरे लगत्तै कारवाही गरेको थियो ।
मंगलबार सम्पन्न बिस्तारित बैठकले पार्टी हितबिपरित कार्य गरेकाले उनीहरुलाई कारवाही गरिएको एमाले गोरखाले जनाएको छ ।




















