गोरखा । नेकपा एमालेका स्थाई कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व अर्थ मन्त्री किरण गुुरुङले नेकपा एकीकृत समाजवादी दलको भबिश्य नभएको तर्क गरेका छन् ।
मंगलबार गोरखा सदरमुकाममा प्रेस चौतारी गोरखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता गुरुङले समाजवादलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै त्यो. दलको भबिश्य नभएको बताएका हुन् ।
‘हिजोका काँग्रेसले भनेको समाजवाद, त्यसपछि विपिले ल्याएको समाजवाद, अहिले माधव नेपाल र यो एकीकृत समाजवादले ल्याएको समाजवादमा कुनै भिन्नता नभएृको’ आरोेप लगाउदै नेतपा गरुङ ‘अहिले उसले जुन समाजवादी कार्यक्रम भनेको छ, त्यो भनेको बैचारिक हिसाबले विर्सजनवाद नै हो । दक्षिणपन्थी अवसरवाद नै हो’ भने ।
गुरुङले पत्राकार भेटघाट कार्यक्रममा जिल्ला भित्रका १२ जना एमाले कार्यकता एकिकृत समाजबादीमा लागेको र उनीहरुलाई कारवाही समेत गरीएको जानकारी दिदै भोली पुनः उनीहरु एमालेमा नै फर्कने बताए ।
कार्यक्रममा पूर्व मन्त्री रामशरण बस्नेत समेतको सहभागीता रहेको थियो ।




















