गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओबादीको भातृसंगठन अखिल (क्रान्तिकारी)को शहिद लखन गाँउपालिका स्तरीय सम्मेलन सम्पन्न भएको छ ।
सोमबार भएको सम्मेलनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सहिद लखन गाउँपालिकाको इन्चार्जमा भक्त वहादुरा विक र अध्यक्षमा सन्तोष श्रेष्ठ सर्वसम्मतले चयन भएको छन् ।
सम्मेलनबाट संगठनको उपाध्यक्षमा निकेस श्रेष्ठ, अन्जना श्रेष्ठ, सचिवमा बब्लु गुरुङ्ग, कोषध्यक्षमा कल्पना थापामगर र सहसचिवमा अश्विन थापा चयन भएको क्रान्तिकारीले जनाइएको छ ।
सम्मेलनबाट ५१ जनाको सदस्य रहनेगरी कमिटी गठन भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गोरखा जिल्लाका सह–ईन्चार्ज अमर तमुको प्रमुख आतिथ्यता भएको सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सह–ईन्चार्ज राजन आले मगर, नेपाल कम्युनिष्ट पार्टी शहिदलखन गाँउपालिका अध्यक्ष कृष्ण चेपाङ, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा गोरखा जिल्लाका ईन्चार्ज रामकृष्ण भट्ट लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै अखिल क्रान्तिकारी गोरखाका संयोजक विष्णु पाण्डे, वाईसयिल शहिद लखन गाँउपालिकाका अध्यक्ष काजी गुरुङ्ग, शहिद लखन गाँउ कार्यपालिका सदस्य तथा माओवादी केन्द्र शहिद लखन पालिका कमिटीकी सचिवालय सदस्य सकुन मगर, अखिल क्रान्तिकारी गोरखा जिल्लाका सह–संयोजक सुलभ अंगाई लगायतको पनि सम्मलेनमा सहभागिता रहेको थियो ।




















